२०८२ बैशाख ९ गते मङ्गलवार | 2025 April 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले बढ्यो, एमआरपी लागू गर्ने तयारी

काठमाडौं । उद्योगीहरूले सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले बढाएका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार ओपीसी सिमेन्ट ६३० देखि ८०० रुपैयाँ र पीपीसी ५९० देखि ६५० रुपैयाँसम्म पुगेको छ ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले लोडसेडिङका कारण लागत बढेको भन्दै मूल्य वृद्धि गरिएको बताए ।

यहीबीच, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रण गर्न सिमेन्ट र फलामे छडको अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दहालका अनुसार उद्योगीहरूले सात दिनभित्र एमआरपी लागू गर्ने सहमति जनाएका छन् ।

तर, महासंघका अध्यक्ष सिंहले एमआरपीले मूल्यवृद्धि नियन्त्रण नगर्ने बताउँदै उत्पादन बढाउनुपर्ने वा भारतबाट आयात खुला गर्नुपर्ने धारणा राखे । उनका अनुसार नेपाली उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य पारिएको छ, जबकि भारतमा सिमेन्ट सस्तो बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस