
काठमाडौं । सर्लाही सदरमुकाम मलंगवा–९ स्थित ताज गेस्ट हाउसमा भारतीय महिला मृत अवस्थामा फेला परेकी छन् । भारतको दिल्ली, उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीया आरती कुमारी बुधवार दिउँसो गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।
गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समय बाहिर नआएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेका थिए ।
प्रहरी अनुसन्धानका अनुसार, हरिवन नगरपालिका–११ का मो. सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा बुक गरी आरतीसँग बस्दै आएका थिए । पछिल्ला तीन दिनदेखि सेराज उनलाई भेट्न आइरहेका थिए र बिहान पनि भेटेर फर्किएका थिए ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । विवाहित आरती दिल्लीबाट मलंगवा किन आइन् र सेराजसँगको सम्बन्ध के थियो भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।