२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

साढे ४ करोडको लागि ३७ वर्षीय सरिताको घिनलाग्दो अपराध, यसरी प्रहरीको फन्दामा परिन्

काठमाडौं । अमेरिकी नागरिकको अपहरण गरी फिरौती माग्ने नुवाकोट बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीय सरिता लामा पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मकवानपुर प्रहरीको सहयोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो।

७० वर्षीया अमेरिकी महिला मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन्। लामासँग सामान्य चिनजान रहेकी ती महिलाले पोखराको लेकसाइडस्थित होटलमा बसिरहेकी अमेरिकी नागरिकलाई घरमा लैजाने भन्दै लगेकी थिइन्। तर, घर नलगी लुकाएर ३ लाख युरो (साढे ४ करोड रुपैयाँ) फिरौती मागेकी थिइन्।

नेपालस्थित अमेरिकी दूतावासले कास्की प्रहरीलाई खबर गरेपछि अनुसन्धान टोलीले ती महिलालाई सकुशल उद्धार गरेको छ। अनुसन्धानका क्रममा अपहरणकारीले पीडितलाई पोखराबाट चितवन, हेटौंडा हुँदै पर्सातिर लगेको खुलेको छ। घटनाको प्रकृतिले उनलाई भारतसम्म लैजाने तयारी गरिएको देखिएको प्रहरीले जनाएको छ।

कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस