
काठमाडौं। काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित लाईभ इन गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होटल सञ्चालक संजयसहित रूकुम पश्चिम मुसीकोट-१० का ४५ वर्षीय संजय कुमार कठायत रहेका छन्।
प्रहरी प्रभाग गोँगबुबाट खटिएको टोलीले १ लाख ३५ हजार रुपैयाँ नगद र ताससहित उनीहरूलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार