काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । उनी पोखराबाट समिट एयरको चार्टर्ड जहाजमा केही बेरअघि ओर्लिएका हुन् । उनले छत उघ्रिने गाडीबाट बाहिर निस्किएर उपस्थित सबैलाई अभिवादन दिए ।
विमानस्थल छिर्न प्रहरीले कडाइ गरेपछि विमानस्थल क्षेत्रमा हज्जारौंको उपस्थिती थियो । गोल्डेन गेटबाट आसपास क्षेत्र घण्टौ ठप्प भयो ।
पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भए ।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

