२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

पूर्व राजालाई समर्थकहरुको भब्य स्वागत, संख्या देख्दा गणतन्त्रका मसिहालाई पसिना छुट्यो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेपछि त्रिभुवन विमानस्थलबाहिर निस्कँदा हजारौँ समर्थकहरूले उनको स्वागत गरेका छन्। काठमाडौं फर्किंदा पूर्व राजा शाहलाई राप्रपा लगायत राजावादीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडान तर्फ भब्य स्वागत गरेका हुन्।

पूर्व राजाको स्वागतका लागि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजावादीहरुले बिभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन गरेका थिए। उपस्थित हज्जारौंलाई पूर्व राजा शाहले गाडीको छतबाट बाहिर निस्किएर अभिवादन गरेका थिए ।

उपस्थितहरुको संख्या निक्कै ठूलो थियो । कुनै राजनीतिक दलको आमसभाको भन्दापनि बढी संख्या देख्दा गणतान्त्रिक व्यवस्थाका आफूलाई मसिहा दाबी गर्नेहरुको नै पसिना छुटेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस