२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

आगजनी र तोडफोडको विरोधमा उत्रियो रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वराजाका समर्थकद्वारा शुक्रबार गरिएको आगजनी र तोडफोडको घोर भर्त्सना गरेको छ।

प्रवक्ता मनिष झाले शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार भए तापनि अराजकता, लुटपाट, आगजनी र जनधनको क्षति अस्वीकार्य रहेको बताएका छन्।

पार्टीले घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत पक्षलाई संयम रहन आग्रह गरेको छ।

रास्वपाले एभिन्युज टिभीका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

सरकारी गाडी जलाइएको घटनाको निन्दा गर्दै घाइते सुरक्षाकर्मी तथा आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैलाई शान्ति र अनुशासन कायम गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस