२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

बन्धक रिहा गर्न हमासलाई राष्ट्रपति ट्रम्पको अन्तिम चेतावनी

२२ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिएका छन् । आफूले इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउने यदि आफूले भने जस्तो नगरेमा हमासको एक सदस्य पनि सुरक्षित नहुने चेतावनी समेत उनको चेतावनी छ ।

व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै यसो भनेका हुन् । अहिले इजरायलले सहायता वितरण रोकेपछि गाजामा खाद्यान्नको मूल्य बढेको छ ।

हमासलाई सबै बन्धकहरूलाई रिहा गर्न र मारिएका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्न आग्रह गरेका छन् । ट्रम्पले हमासलाई धम्की दिएको यो पहिलो पटक भने होइन। डिसेम्बरमा ट्रम्पले पदभार सम्हाल्दासम्म बन्धकहरूलाई रिहा नगरिए सबै नर्क हुने बताएका थिए ।

ट्रम्पले युद्धविराम अन्तर्गत हालै रिहा भएका ह्वाइट हाउसमा बन्धकहरूको समूहसँग भेट गरेपछि यो पोस्ट आएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस