२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

युक्रेनलाई दिइने सबै सहयोग रोक्ने अमेरिकाको घोषणा

२० फागुन, काठमाण्डौँ । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ । युक्रेनका नेताहरूले शान्तिप्रति असल विश्वासको प्रतिबद्धता नदेखाएसम्म ह्यवाइट हाउसले सबै विद्यमान सैन्य सहायता रोकेको अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले जनाएको छ ।
ब्लूमबर्गले युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई रोकिने बताएको छ । यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।

यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् । तीन दिनअघि ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनावपूर्ण भेटवार्ता भएको थियो । त्यसको तीन दिनपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता रोक्ने घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस