९ चैत्र , काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले सूचना जारी गर्दै ती आप्रवासीहरूलाई आगामी २४ अप्रिलमा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको सीबीएस न्युजले जनाएको छ ।
ती देशका ५ लाख ३० हजार अमेरिकी पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा ‘सीएचएनभी’ आप्रवासन योजनाअन्तर्गत अमेरिका प्रवेश गर्न दिइएको थियो । तर तीमध्ये कति आप्रवासीले यस अवधिमा अमेरिकामा स्थायी रूपमा बस्न पाउने अनुमति पाउन सफल भएका छन् भन्ने स्पष्ट छैन ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार

