२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

विवाहअघि १,००० पुरुषसँग सुत्ने महिलाको अनौठो इच्छा, केटाका लागि राखिन् कडा सर्त

काठमाडौं । अष्ट्रेलियाकी सबैभन्दा यौन-सक्रिय महिला भनेर चर्चित ओन्लीफ्यान्स स्टार एनी नाइटले आफ्नो विवाहअघि हजारौँ पुरुषसँग सम्बन्ध राख्ने योजना बनाएकी छिन्। २८ वर्षीया एनीले सोमबार राति बेभर्ली हिल्समा रोमान्टिक डिनरका क्रममा प्रेमी जेम्स ब्रेशसँग इन्गेजमेन्ट गरिन्।

डेलीमेलसँग कुरा गर्दै एनीले बताइन्, उनका मंगेतर (विवाह तय भएको व्यक्ति) जेम्स पूर्णरूपमा एकपत्नीव्रतमा छन् र अन्य महिलासँग सम्बन्ध राख्न पाउने छैनन्। तर उन (एनी नाइट) लाई भने यो नियम लागू हुँदैन। गत वर्ष ६०० पुरुषसँग सम्बन्ध राखेकी एनीले सन् २०२५ को अन्त्यसम्म १,००० पुरुषसँग यौन सम्पर्क गर्ने लक्ष्य राखेकी छिन्। ‘जेम्स मलाई पूर्ण समर्थन गर्छन्, उनी मेरो काम र रुचिलाई बुझ्छन्,’ उनले भनिन्।

जेम्सले एनीको असामान्य जीवनशैलीलाई स्वीकार गरेका छन्। उनले एनीलाई मेक्सिकोको क्यानकुनमा स्प्रिङ ब्रेकमा समेत साथ दिए, जहाँ एनीले पोर्न स्टार बोनी ब्लूसँग मिलेर दर्जनौं युवासँग सम्बन्ध राखिन्। ‘दिनभर उनी होटलमा बस्थे, र राति हामीसँग बाहिर निस्कन्थे,’ एनीले भनिन्।

एनी र बोनीले ओन्लीफ्यान्सका लागि सामग्री बनाउन युवाहरूसँग सम्झौता पत्रमा हस्ताक्षर गराउँथे। ‘यो मेरो काम हो, जेम्सले यो कुरा बुझ्छन्,’ उनले थपिन्। विवाहको मिति तय नभए पनि उनीहरू गोल्ड कोस्टमा सपनाको घर बनाउने र परिवार शुरू गर्ने योजनामा छन्। जेम्सले ठूलो हीराको औंठी दिएर प्रस्ताव राखेका थिए, जसलाई एनीले सामाजिक सञ्जालमा देखाइन्। ‘मैले जितेँ, म तिमीलाई माया गर्छु,’ जेम्सले लेखेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस