२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सरकारी स्कुलमा

काठमाडौं । मोलुङ गाउँपालिकाले अबदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिहरूका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालय (सरकारी स्कुल) मा पढाउनुपर्ने निर्णय गरेको छ।

पालिकाको कार्यपालिका बैठकबाट निर्णय भएसँगै शैक्षिक सत्र २०८२ देखि लागू हुने गरी सूचना जारी गरिएको प्रशासकीय अधिकृत सन्तोष गौतमले जानकारी दिए।

गुणस्तर सुधारका लागि गरिएको यो निर्णयले सामुदायिक विद्यालयप्रति अपनत्व बढाउने विश्वास गाउँपालिका अध्यक्ष उत्तम राईले व्यक्त गरे। मोलुङ यस्तो निर्णय गर्ने ओखलढुंगाको पहिलो पालिका बनेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस