२०८२ बैशाख ९ गते मङ्गलवार | 2025 April 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वार्ता अस्वीकार गर्दै शिक्षक महासङ्घ फेरि आन्दोलनका लागि सडकमै उत्रियो

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग वार्तामा नबस्ने बताएको छ । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शिक्षकहरु आन्दोलनरत छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरिसकेको छ । तर, शिक्षकहरुले सरकारसँगको वार्ता अस्वीकार गर्दै आएका छन् ।

महासंघले विज्ञप्ति जारी गर्दै आफूहरु अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको दाबी गरेको छ । महासंघले संसदको वर्षे अधिवेसन तत्कालै शुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, विगतका सहमती कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा तत्काल निर्णय लिँदै ऐन जारी गर्नका लागि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमामात्रै वार्ताको विश्वसनीय वातावरण निर्माण हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस