
३० चैत्र , काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ अडिओ भर्सनमा पनि आउने भएको छ । शुक्रबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पुनले छिट्टै आफ्नो जीवन कथाको अडिओबुक सार्वजनिक हुने जानकारी दिएका हुन् ।
पुनका अनुसार पुस्तकको अडिओ रेकर्ड गर्न उनलाई दुई दिन लागेको छ । कूल ११ घण्टाको उक्त अडिओ पुनले म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरेका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार