२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

१३ वर्षीया बालिकामाथि घरबेटीको कुदृष्टि : जबरजस्ती गर्ने आरोपित प्रहरीको नियन्त्रणमा

६ बैशाख, काठमाडौँ । सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने घरबेटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातको १२ बजे मादक पदार्थ सेवन गरी बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेका आरोपित घरबेटीलाई पीडित बालिकाको परिवारको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा–५ पास गरी कक्षा–६ मा प्रवेश गरेकी बालिकालाई आरोपितले घरेलु कामदारका रुपमा काम गराउँदै आएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी युवराज खतिवडाका अनुसार आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस