२०८२ बैशाख ९ गते मङ्गलवार | 2025 April 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चट्याङ लागेर भारतमा ८० जनाको मृत्यु

३१ चैत्र  , काठमाण्डौँ । भारतको बिहार राज्यमा बाढी, चट्याङलगायतका प्राकृतिक विपद्का घटनामा हरेक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ । जलवायु परिवर्तनका कारण मौसमसम्बन्धी घटनाहरू बढी देखिन थालिएको विज्ञहरूको भनाइ छ ।

बिहारका विपद् व्यवस्थापन अधिकारीहरूले बिहीबार र शुक्रबार चट्याङ लागेर कम्तीमा ६१ जनाको मृत्यु भएको छ । यस क्रममा कृषि बालीमा समेत क्षति पुगेको बताइएको छ । त्यस्तै भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा चट्याङ लागेर १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत वर्ष भारतमा चट्याङ लागेर एक हजार ९ सय जनाको मृत्यु भएको छ । आगामी दिनमा यस्ता घटनामा परेर मृतकको संख्या अझै बढ्न सक्ने विशेषज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस