२०८२ बैशाख ९ गते मङ्गलवार | 2025 April 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनसरीमा गोली चल्यो, घाइतेको अवस्था गम्भीर

www.janaboli.com;

सुवास घिमिरे, इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ। सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा साँझ ६ः४५ बजे भएको हो ।

उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारबाट शिव कुमार महतो घाइते भएका छन् । उनलाई कम्मरदेखि मुनि गोली लागेको छ। शिव कुमारको अहिले नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस