२०८२ बैशाख ९ गते मङ्गलवार | 2025 April 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा भीषण वर्षा जारी, बिहीबारदेखि फेरि बढ्ने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार दिउँसोदेखि भीषण वर्षा सुरु भएको छ। लामो खडेरीपछि केही दिनदेखि वर्षा भइरहे पनि आज आकाश एकाएक गड्याङगुडुङ गर्दै धमिलो भएको हो।

देशका कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको मौसम विभागले जनाएको छ।

आज साँझ काठमाडौं, ताप्लेजुङ, ओखलढुंगा, जिरी र पोखरा लगायतका क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ। अहिले देशभर पश्चिमी र स्थानीय वायुले असर गरिरहेको विभागको भनाइ छ।

मंगलबार र बुधबार वर्षा कम भए पनि बिहीबारदेखि आइतबारसम्म धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ। अर्को साता सोमबारदेखि वर्षा घट्ने भएकाले त्यसपछि मात्रै गहुँ, दलहन र तेलहन बाली भित्र्याउन मौसमविदले किसानलाई सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस