
काठमाडौं । हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही घटेको छ। आइतबार तोलाको रू. १ लाख ८६ हजारमा कारोबार भएको सुन आज रू. १ हजार ७०० घटेर तोलाको रू. १ लाख ८४ हजार ३०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रू. १५ घटेर रू. १ हजार ९४५ कायम भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २२५ अमेरिकी डलर आसपासमा रहेको छ।
प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार