२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युएईका परराष्ट्रमन्त्री आउँदो साता नेपाल भ्रमणमा आउने

४ बैशाख, काठमाडौँ । संयुक्त अरब इमिरेट्स युएईका परराष्ट्रमन्त्री आउँदो साता नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले नेपालको दुई दिने भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख २२–२३ अप्रिलमा नेपालको दुई दिने भ्रमण गर्न लागेको स्रोतले जनाएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानको नेपाल भ्रमणका क्रममा उनका नेपाली समकक्षी डा आरजु राणा देउवासँग भने भेटवार्ता भने हुने छैन ।

अल नाहयान नेपाल भ्रमणमा हुँदा परराष्ट्रमन्त्री डा। राणा थाइल्याण्ड भ्रमणमा हुने छिन् । युएईको राजपरिवारका शक्तिशाली सदस्य शेख अब्दुल्लाह सन् २००६ देखि त्यहाँ परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् । उनले नौं वर्षअघि तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा २०७३ वैशाखमा नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस