२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बर्षा सुरु नहुँदै बिपदबाट ४१ जनाको मृत्यु, २५७ घाइते

५ बैशाख , काठमाण्डौँ । यसपालिको प्रिमनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । अहिले चलिरहेको प्रिमनसुनको अवधिमा २५७ जना घाइते भएका छन् भने करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रिमनसुन भनिन्छ ।
प्रि(मनसुनमा स्थानीय वायुको प्रभावले सामान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानहरुमा असिना पानी पर्ने, हावाहुरी चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधिहरु भइरहेका छन् ।

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम खण्डित वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी अवस्था अझै केही दिन रहने प्राधिकरणको भनाई छ । प्रिमनसुनको अवधिमा मौसमी अवस्थाको कारणले घट्न सक्ने विपद्जन्य घटनाबाट सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न चनाखो रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस