२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा भोलि नेपाल र अफगानिस्तान खेल्दै

५ वैशाख ,काठमाण्डौँ । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा भोलि नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।

यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् । नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।

अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले भोलिको खेल जित्नैपर्ने हुन्छ । यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ ।

नेपालले यसअघि आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ । नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६ र २०२४ मा विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस