
५ बैशाख , काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । शुक्रबार अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबी गर्दै रिट दायर गरेका हुन् । यसको पेसी आइतबारलाई तोकिएको छ ।
रिट निवेदकहरुले ऐनको बाटो छोडेर नियुक्त गर्ने दूषित क्रिया भएको दाबी गरेका छन् । भट्टले आजै मात्र कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार