
५ बैशाख, काठमाडौँ । नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा यचित राणासँग कानुनी विवाह गरेकी हुन् । दुई वर्षभन्दा बढी समयदेखि नीति र यचित प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेमको गसिप गत वैशाखमा सार्वजनिक भएको हो । याचित पेसाले एरोस्पेस इन्जिनियर हुन् । नीतिले आफ्नो विवाह जानकारी सार्वजनिकरुपमा दिएकी छैनन् ।
नीति ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को विजेता हुन् । उनले गत वर्ष प्रदर्शनमा आएको ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यू गरेकी थिइन् । उनको अभिनय रहेको फिल्म ‘नरसिंहा अभतार’ जेठ ९ मा प्रदर्शनमा आउँदैछ ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार