
काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल अमेरिका उडेकी छन् । श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदको विषय सार्वजनिक भएपछि उनी मंगलबार सुटुक्क अमेरिका गएकी हुन् । केही दिनअघि युट्युब अन्तर्वार्तामा उनले श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको खुलासा गरेकी थिइन् । त्यसपछि उनीमाथि सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रिया आउन थालेका थिए ।
नेपाल आएकी अरुणिमा वेब सिरिज ‘घर बट इन अमेरिका’ को कार्यक्रमका लागि काठमाडौं आएकी थिइन् । तर बुधवार ट्रेलर रिलिज कार्यक्रममै नदेखिई अमेरिका पुगेकी हुन् । उनी डिभोर्सको प्रश्नबाट टाढा रहनकै लागि कार्यक्रमबाट भागेको बताइएको छ ।
अहिले उनी र श्रीमान्बीचको सम्बन्धबारे बोलेका विषय र अन्तर्वार्ता व्यापक चर्चामा छन् । टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छ’ मा उनले विवाहपछि श्रीमानसँग सम्बन्ध नरहेको भन्ने भनाइपछि सामाजिक सञ्जालमा उनी आलोचित बन्न पुगेकी हुन् ।
वेब सिरिजमा अरुणिमासँगै विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाले अभिनय गरेका छन् भने निर्माण रोशन घिमिरेले गरेका हुन्।