
६ बैशाख, काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने निर्णय गरेको छ ।
इस्लामिक स्टेट आईएस विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गरेको थियो । पेन्टागनका प्रवक्ता सीन पार्नेलले रक्षा सचिवको निर्देशनअनुसार सैनिक फिर्ता र सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु भएको बताए ।
सन् २०१४ मा आईएसले आक्रामक गतिविधि सुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनालाई सहयोग गर्दै आतंकवादीविरुद्ध अभियान चलाइएको थियो। यस क्रममा अमेरिकी सेनाले लडाइँमा भाग लिएको र हजारौँ सैनिक तथा कर्मचारी सहयोगमा खटिएका थिए ।
प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार