२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आइसिसी यू–१९ विश्वकपमा जाने नेपालको सपना चकनाचुर, रनरेटमा अघि रहँदै अफगानिस्तान छनोट

६ बैशाख, काठमाण्डौँ । नेपाल आइसिसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । अफगानिस्तानसँगको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि समान ७ अंक भएपनि रनरेटमा अघि रहँदै अफगानिस्तान विश्वकपमा छनोट भएको हो । बिहान ९,३० का लागि तय खेल दिउँसो २ बजे रद्द गरिएको हो ।

पाँच टोली सहभागी विश्वकप एशिया छनोटमा लिगको नेट रनरेटको आधारमा शीर्षस्थानमा रहेपछि अफगानिस्तान विश्वकपमा पुगेको हो ।
गत संस्करण यसै क्षेत्रबाट छनोट हुँदै विश्वकप पुगेको नेपाल यसपल्ट पनि सोही सफलता नजिक पुगेको थियो । तर लिगको अन्तिम खेलमा वर्षाका कारण मैदान भिजेपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । गत संस्करणमा नेपाल अफगानिस्तानलाई पराजित गर्दै विश्वकपमा छनोट भएको थियो । यो संस्करणमा नेपाललाई पछि पार्दै अफगानिस्तानले विश्वकप २०२६ का लागि छनोट भएको हो । यो संस्करणमा नेपाल र अफगानिस्तानले हङकङ, ओमान र यूएईलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस