२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

कलेजमा बिदाई भाषण दिँदा स्टेजमै हृदयघात, बोल्दै बोल्दै अस्ताइन २० वर्षीया वर्षा

काठमाडौं । कलेजको बिदाई समारोहमा विद्यार्थी वर्षा खरात भाषण दिँदै थिइन्। खुसीको वातावरण थियो, मानिसहरू हाँसिरहेका थिए, तर अचानक एक क्षणमा वातावरण परिवर्तन भयो। वर्षा स्टेजमा लडेर मृत्यु भएको घटना महाराष्ट्रको धाराशिव जिल्लामा घटित भएको हो।

यो घटना भारत, महाराष्ट्रमा परांडा तालुकाको शिन्दे कलेजमा भएको हो। २० वर्षीय वर्षा मुस्कानका साथ आफ्नो बिदाई भाषण सुरु गर्दै थिइन्, तर केही क्षणमा उनको अनुहार पहेंलो हुन थाल्यो र अचानक स्टेजबाट लडिन्।

पहिले यसलाई कमजोरी वा अन्य कारण मानिएको थियो, तर वर्षा नउठेपछि उनलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे।

वर्षाले ८ वर्षको उमेरमा मुटुको शल्यक्रिया गराएको थियो, तर पछिल्लो १२ वर्षदेखि उनी पूर्ण रूपमा स्वस्थ थिइन् र कुनै औषधि सेवन गरिरहेकी थिइनन्।

यो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र यसले धेरैलाई स्तब्ध बनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस