२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नयाँ बानेश्वरबाट ६ जना पक्राउ, अपराध खुल्दा सबै चकित

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शनिबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँद्वारा प्रकाशित विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौँको बालाजु बस्ने २३ वर्षिय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २२ वर्षिय मनोज शर्मा रहेका छन्।

त्यस्तै दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको बानेश्वर बस्ने २२ वर्षिय आकाश खड्का, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २० वर्षिय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका वडा नम्बर २ घर भई हाल काठमाडौँको बालाजु बस्ने २२ वर्षिय मिन रावललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट अर्काको फोटो टाँस गरेको सक्कली प्रवेश पत्रहरु र नागरिकताको प्रतिलिपीहरु बरामद गरिएको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस