
७ बैशाख, काठमाण्डौँ । गाउँमा बिद्यार्थीहरुको नतिजा नील आउने, उता अनेक सेवा सुबिधा बढाउन परो भन्दै शिक्षकहरु सडकमा उफ्रिने कत्तिसम्म लाजमर्दौ कुरा हो यो ?
गाउँमा बिद्यार्थीहरुको नतिजा शुन्य छ । कक्षा आठमा त कोहि पनि पास भएकै छैनन् । जेनतेन तानतुन गरेर पासमार्क पनि ल्याउन नसक्नेगरि के पढाईएको होला र बिद्यार्थीहरुले के पढे होलान् । राज्यले शिक्षामा यति धेरै लगानी गरेपनि शिक्षाको गुणस्तरमा हरेक बर्ष खस्किँदो तथ्थ्याङ्क किन आउने गर्छ ? अहिले पनि शैक्षिक सत्र सुरु भएर पनि पढाउने बेलामा काठमाण्ढडौाका सडकमा सामुदायिक बिद्यालयका शिक्षकहरु उफ्रिरहेका छन् । सकारात्मक छलफल, दवावरहित ध्यानाकर्षण दिँदै बिद्यार्थीहरुलाई पढाउन बिद्यालयमा फर्कन सरकारले पटक पटक भनिरहेको छ तर शिक्षकहरु मानिरहेका छैनन् ।
चैत्र २० गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरु अझै पनि घर फर्किएका छैनन् ।
शिक्षकहरुको मुख्य माग भनेको सेवा सुरक्षाको सुनिश्चितता, न्यूनतम तलब सुविधाको सुनिश्चितता, बृत्ति विकासको सुनिश्चितता, सामाजिक सुरक्षाको सुविधाको सुनिश्चितता र शिक्षकहरुको राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको सुनिश्चितता रहेको छ । बिद्यालयहरुको अन्तिम परिक्षा सकाएपछि सुरुभएको आन्दोलन अधिकांस बिद्यालयको नतिजा नै निल आएपनि रोकिएको छैन ।
यता धादिङको गल्छि गाउँपालिकाको वडा नम्बर ६ मा रहेको अम्लेश्वर गुरुकुल, वडा नम्बर ३ मा रहेको धादिङ आधारभूत बिद्यालय र वडा नम्बर ८ मा रहेको गोगनपानी माविको नतिजा नै शून्य छ । भरतपुर महानगरपालिकास्तरीय कक्षा ८ को परीक्षामा २९ जना विद्यार्थीमा सबै जना फेल भए । चितवनकै इच्छाकामना गाउँपालिकामा पनि एक विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परीक्षामा फेल भएका छन् । यस्तै दाङ तुलसीपुरमा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा उत्तीर्ण प्रतिशत शून्य देखिएको छ । सिर्जनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए । तर, ती सबै विद्यालयबाट एकरएक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्ता नतिजा त हामीले देखाएका केहि उदाहरणमात्र हुन् । देशभरका बिद्यालयमा बिद्यार्थी पासको गुणस्तर निकै नै कम छ । अझ भनौँ बिद्यार्थीहरु नै पढ्दैनन भनेर पन्छिने गर्छन् शिक्षकहरु । अहिले काठमाण्डौँमा आन्दोलन चर्किरहेको छ । बिबिध माग राखेर सुरु भएको आन्दोलन कहिले रोकिन्छ थाहा छैन । सरकारसँग पटक पटक वार्ता गर्दापनि नरोकिएको आन्दोलन आज १७औँ दिनमा पनि नारा जुलुससहित प्रदर्शन गरिरहेका छन् । निजी बिद्यालयहरुले बिद्यालयको नतिजा प्रकाशित गरेर पढाउन सुरु गरिसकेको अबस्थामा सामुदायिक बिद्यालयका शिक्षकहरु भने राज्यले थाम्नै नसक्ने माग राख्दै सडकमा उफ्रिरहेका छन् ।