२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस किन नेपाल आए ?

९ बैशाख, काठमाडौँ । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोसलाई आज आयोजक एनएसएलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका थिए । उनले भोलि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर खेल हेर्ने एनएसएलले जनाएको छ ।

रोबर्टो कार्लोसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् । सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लोस प्रमुख खेलाडी थिए । कार्लोसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन् । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् ।

फिफा विश्वकप र चार ला लिगा उपाधिहरूसहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौँ फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन् । उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । उनको परिस्थितिबाट एनएसएल मञ्चमा जोस र उत्साह छाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस