२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षक आन्दोलनमा कुटिए ५४ वर्षीय शिक्षक

काठमाडौं, १३ वैशाख । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा एक शिक्षक कुटिएका छन्। शनिबार दिउँसो नेपाल शिक्षक महासंघको आन्दोलनमा सहभागी कैलाली धनगढीका ५४ वर्षीय केशव राज जोशीमाथि करिब १५/२० जना शिक्षकबीचको मतभेदपछि कुटपिट भएको प्रहरीले जनाएको छ।

जोशीलाई प्रहरीले उद्धार गरी सिभिल अस्पताल पुर्‍याएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस