
काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलन समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले दुई सूत्रीय फर्मुला अघि सारेका छन्।
उनीहरूका अनुसार, सरकार एक कदम अघि बढ्ने र शिक्षक महासंघ एक कदम पछि हट्ने समझदारीले सहमति खोज्नुपर्छ। सरकारले शिक्षकका माग सम्बोधन गर्दै ऐन ल्याउन र महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्दै सडक खाली गर्नुपर्ने सुझाव दिइएको छ। छलफलमा शिक्षक महासंघ पनि बहुपक्षीय वार्ताबाट टुंगो लगाउने तयारीमा रहेको छ।
प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार