२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर, महानगर र अख्तियारबारे सुनिताको ५ बुँदे ब्रिफिङ: मेयर बालेन शाहमाथी आरोप नै आरोप

Sunita's 5-Point Briefing on the Mayor, Metropolis, and Anti-Corruption Body

काठमाडौं । काठमाडौं उपमेयर सुनिता डंगोलले तीन वर्षपछि सार्वजनिक रूपमा काठमाडौं महानगर र मेयर बालेन शाहका कामबारे खुलेर टिप्पणी गरेकी छन्। उनले पत्रकारसँग ब्रिफिङ गर्दै पाँच मुख्य सवाल उठाइन्:

  • अख्तियारको मौनता:

महानगरमा भ्रष्टाचार र अनियमितताको गुनासो भइरहँदा पनि अख्तियार निष्क्रिय रहेको भन्दै सुनिताले निष्पक्ष छानबिन माग गरिन्।

  • भ्यू टावर अनावश्यक:

भ्यू टावर निर्माण जनताको उद्देश्य विपरीत भएको र महानगरले व्यापार गर्न नहुने बताइन्। ऐतिहासिक सम्पदा जोगाउन अध्ययन जरुरी रहेको उल्लेख गरिन्।

  • कार्यपालिका बैठक तत्काल राख्न:

वडाध्यक्ष र कर्मचारीको दबाबबीच, महिनौं कार्यपालिका बैठक नबसेर काम ठप्प भएको भन्दै छिटो बैठक राख्न मेयर बालेनसँग समन्वय प्रयासरत रहेको बताइन्।

  • १७ सेकेण्डको भिडिओ क्लिपमाथि प्रश्न:

सुनियोजितरूपमा भिडिओ क्लिप काटेर भ्रम फैलाइएको आरोप लगाउँदै उनले पूरै भिडिओ सार्वजनिक गर्न माग गरिन्।

  • महानगरको हितमै अघि बढ्ने प्रतिबद्धता:

‘बहुजन हिताय’ सिद्धान्तमा टिकेर, आलोचनाबाट विचलित नभई महानगर र जनताको लागि काम गरिरहेकी बताइन्। संविधान र कानुनमा उपमेयरको अधिकार अझ स्पष्ट बनाउनुपर्ने धारणा राखिन्। डंगोलले आफू निर्वाचित भएर पनि “सेलेक्टेड” जस्तै व्यवहार भोग्नुपरेको गुनासो गर्दै, बालेन शाहसँगको सम्बन्ध यथावत रहेको उल्लेख गरिन्।

 

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस