२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

१५ बैशाख, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन आइतबार एक सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो । नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आइतबार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ७०० पुगेको थियो । यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ । आज २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य १९ सय ७० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला चाँदी १९ सय ९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस