
काठमाडौं । देशभर आइतबारदेखि सुरु भएको बदली र हल्का वर्षा सोमबार र मंगलबारसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले वर्षा भएको हो।
चितवन, काठमाडौं, ललितपुर लगायतका केही क्षेत्रमा असिनासमेत परेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
बढ्दो गर्मीबीच आएको बदली र वर्षाले राहत मिलेको मौसमविद्को भनाइ छ। यस्तै, मेघगर्जन र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार