२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

निजामती कर्मचारी खटाएर १२ को परीक्षा सञ्चालन गर्न खोजेको सरकारलाई ठूलो झट्का

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा सञ्चालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले शिक्षक आन्दोलन कमजोर पार्न सरकार कर्मचारी परिचालनमा उत्रिन खोजेको आरोप लगाए।

नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले भने, ‘१२ कक्षाको परीक्षामा कर्मचारी खटाउने निर्णयप्रति हाम्रो असहमति छ। शिक्षक आन्दोलनको समर्थनमा हामी छौं।’

त्यस्तै, निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले सरकारको अन्तिम हतियारको रूपमा कर्मचारी प्रयोग गर्न खोजिएको दाबी गरे। ‘सरकारले खोज्ने अन्तिम उपाय कर्मचारी हो भन्ने स्पष्ट हुँदैछ,’ उनले भने।

उनले कर्मचारी खुसी भए मात्र गुणस्तरीय कानुन बन्ने भन्दै त्यसअनुसार ऐन निर्माण गर्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस