२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

मन्त्रिपरिषद्को निर्णय : प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन प्रवर्द्धनका लागि आयोग गठन गर्ने निर्णय लिएको हो। आयोगमा निजी क्षेत्रका प्रतिनिधि सहित गृह, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, योजना आयोग लगायतका निकायबाट सदस्य रहनेछन्।

स्रोतका अनुसार, आयोगले सरकारी संयन्त्रमा देखिएका कमजोरी, भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्य लिनेछ। आयोगको सचिवालय र कार्यविधि निर्माणबारे भने थप निर्णय आगामी बैठकमा गरिनेछ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस