२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित ६४ जनाको हिरासत बसाईं लम्बियो

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसअघि मिश्रसहित २० जनालाई १५ दिन र प्रसाईंलाई १२ दिनको म्याद थप गरिएको थियो। अहिले उनीहरूसँगै हिरासतमा ६४ जना छन्।

तीनकुने घटनामा पक्राउ परेका ८५ जनामध्ये २१ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ। तर प्रहरीले उनीहरूमाथि मुद्दा भने चलाइने जनाएको छ।

१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बन्दा पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका प्रसाईंलाई २८ चैतमा भारतको आसामबाट पक्राउ गरी भोलिपल्ट काठमाडौं ल्याइएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस