२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्रीबीच दिल्लीमा भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई र रक्षामन्त्री सिंहबीचको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सकारात्मक संवाद भएको अध्यक्ष भट्टराईको निजी सचिवालयले जनाएको छ।

भेटका क्रममा डा. भट्टराईले हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणप्रति घोर निन्दा व्यक्त गर्दै गहिरो दुःख प्रकट गरेका छन्। अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटनका लागि भारत भ्रमणमा रहेका हुन्।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस