२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

हज यात्रामा साउदीको कडाइ, भारतसहित १४ देशमा भिसा प्रतिबन्ध

hajj saudi arabia

रियाद । दर्ता बिना हज यात्रामा भाग लिने प्रवृत्ति रोक्न साउदी अरेबियाले भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया लगायत १४ देशका लागि अस्थायी भिसा प्रतिबन्ध लगाएको छ। उमराह, व्यापार र पारिवारिक भ्रमण भिसा जुनको मध्यसम्म निलम्बनमा रहनेछ।

साउदी अधिकारीका अनुसार अप्रिल १३ भित्र उमराह भिसायुक्त व्यक्तिहरूले साउदी प्रवेश गर्न सक्नेछन्। यस वर्षको हज यात्रा जुन ४ देखि ९ सम्म हुनेछ।

भिसा नियम उल्लङ्घन गर्ने व्यक्तिलाई पाँच वर्षको लागि साउदी प्रवेशमा रोक लगाइनेछ। सन् २०२४ मा अत्याधिक भीड र गर्मीका कारण कम्तीमा १,२०० तीर्थयात्रीको मृत्यु भएको थियो।

 

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस