२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

रुस र युक्रेनले गरे ३० घण्टाका लागि युद्ध विराम

७ बैशाख, काठमाडौँ । रुस र युक्रेनले ३० घण्टाका लागि युद्ध विराम गरेका छन् । ३० दिने युद्ध विरामको अमेरिकी प्रस्तावलाई रुसले अस्वीकार गरेपछि ३० घण्टे युद्धविराम भएको हो । यी दुई देश बीचको युद्ध विराम स्थानीय समय अनुसार आइतबार रातको १२ बजेसम्म कायम रहने छ ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो प्रस्ताव स्वीकार गर्दै रुसले युद्ध विराम भङ्ग गर्ने विषयमा सचेत भएर बसेको बताए। बिना शर्त ३० दिनको पूर्ण युद्ध विरामको प्रस्ताव टेबलमा रहेकाले उनले यसका लागि रुसी जवाफ पर्खिरहेको प्रतिक्रिया दिएका हुन् । आर्मी प्रमुख भालेरी गेरासिमोभसँगको वार्ता पछि पुटिनले यो छोटो समयको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस