२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

काठमाडौँबाट दिल्ली उड्न लागेका सौरभ, सुटकेस खुल्दा रंगेहात समातिए

फाइल तस्विर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा आइतबार बिहान भारतीय नागरिक ४५ वर्षीय सौरभ ठाकुरललाई ११ लाख नेपाली रूपैयाँ र ८२,५०० भारतीय रूपैयाँसहित रंगेहात पक्राउ गरिएको छ। उनी एयर इन्डियाको उडानमार्फत काठमाडौँबाट दिल्ली जान लागेका थिए।

प्रहरीका अनुसार, ठाकुरलको सुटकेसमा अवैध रूपमा रकम लुकाएर लैजान लागेको अवस्थामा चेकिङका क्रममा उक्त रकम फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा उनले नेपालमा रहेका आफन्तलाई रकम हस्तान्तरण गर्नका लागि उक्त रकम ल्याएको बताएका छन्।

प्रहरीले उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा पठाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस