२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

काठमाडौंसहित कहाँ-कहाँ पर्‍यो पानी? महाशाखाद्वारा चेतावनी जारी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मंगलबार पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् मीनकुमार अर्यालले पश्चिमी र स्थानीय वायुको प्रभावले मेघगर्जनसहित वर्षा सुरु भएको बताउँदै यो स्थिति केही घण्टासम्म रहने जनाउनुभयो। बिहीबारसम्म मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उहाँको भनाइ छ।

बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेकोले महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस