२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

केआईआईटीमा फेरि नेपाली विद्यार्थीको मृत्यु : सरकारले कूटनीतिक पहल थाल्यो, के भन्छिन् परराष्ट्रमन्त्री?

काठमाडौँ । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत फेला परेको घटनाले परराष्ट्रमन्त्री आरजु राणा देउवाले गहिरो दुःख व्यक्त गरेकी छन्। उनले भारत सरकार, ओडिसा सरकार र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालिएको जानकारी दिएकी छन्।

पर्सा वीरगञ्जकी प्रिशा बिहीबार राति होस्टेलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। शव हाल पोस्टमार्टमका लागि सुरक्षित राखिएको छ। उनका परिवार भारत पुगिसकेका छन्।

यसअघि ४ फागुनमा सोही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन्। लगातारको घटनाले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेको छ।

भारतको अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले घटना अत्यन्त पीडादायी भन्दै केआईआईटीविरुद्ध कडा कारबाहीको माग गरेको छ। अब परराष्ट्र मन्त्रालयको पहलबाट के नतिजा आउँछ भन्ने प्रतीक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस