काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा हालै सरुवा भई गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ।
मानव तस्करीमा संलग्न गिरोहसँग मिलेमतो भएको प्रमाण फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। भट्टराईको मोबाइल र कागजातहरू जफत गरिएको छ भने अनुसन्धान जारी छ।
अख्तियारको टोली अहिले पनि अध्यागमन कार्यालयमा छापा मारिरहेको छ। भट्टराईलाई सरुवा गरिएको भोलिपल्टै पक्राउ गरिएको हो।
प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार

