२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

नेपाली चेलीले उठाए नेपाल आमाको शीर : विजयी सुरुवातसँगै लाओस नेपालसँग ९–० ले पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् ।

नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे । जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ । साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

 

 

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस