काठमाडौं । मध्यपूर्व र उत्तर अफ्रिकाका विभिन्न देशहरूले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा भएको इरानी आक्रमणको कडा निन्दा गरेका छन्। इजिप्टले उक्त आक्रमणलाई “कतारको सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन” भन्दै अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भएको बताएको छ।
उसले क्षेत्रीय तनाव तीव्र गतिमा बढिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै, सैन्य तनाव घटाउन र युद्धविरामको आवश्यकता रहेको उल्लेख गरेको छ।
साउदी अरेबियाले यो आक्रमणलाई “छिमेकी सम्बन्धका सिद्धान्तहरूको उल्लंघन” भन्दै कुनै पनि हालतमा स्वीकार्य नहुने गैर–जिम्मेवार कार्य भनेको छ।
जोर्डनले यसलाई “कतारमाथि गरिएको ईरानी आक्रमण” भन्दै कडा शब्दमा निन्दा गरेको छ।
बहराइनले कतारसँगको “दाजुभाइको सम्बन्ध” उल्लेख गर्दै पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको छ।
ओमानका विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् कि यो क्षेत्रीय तनाव इजरायलबाट सुरु भएको हो र हालैको इरानी आक्रमण पनि त्यसकै हिस्सा भनेको छ ।
प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति कार्यालयले पनि यो आक्रमणलाई “कतारको सार्वभौमिकताको स्पष्ट उल्लंघन” भनेको छ।

