२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

‘संकटग्रस्त क्षेत्र मधेस प्रदेशमा चैतयता ३ सय डिप बोरिङ खनियो, ५० वटा ट्रान्सफर्मर चोरी

काठमाडौँ । विपद संकटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्रयता सिंचाईका लागि तीन सय वटा डिप बोरिङ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ । विशेष गरेर सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायित्वको समस्या देखिएको हो ।

मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तर मन्त्रालयस्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आइतबार प्रारम्भिक जानकारी गराउने क्रममा यस्तो बताएको हो । त्यस्तै विभिन्न स्थानमा सिंचाई प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ । केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिंचाई हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ ।

मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा मधेस प्रदेशमा परिचालन भएको टोलीसहित सबै मन्त्रालयका सचिवहरूसँग पछिल्लो अवस्था र अध्ययनको प्रारम्भिक जानकारीबारे छलफल गरेका छन् । छलफलपछि कुराकानी गर्दै उनले एकीकृत प्रतिवेदन प्राप्त भएपछि सरकार एक्सनमा जाने बताए ।

प्रकाशित मिति : २०८२ साउन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस