२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

हृदयाघातका कारण पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उनको निधन भएको हो । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिनेछ ।

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् । शर्माले निर्वाचन कानून, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस